पर्यटकीयस्थल बन्दै कपासेभञ्ज्याङ

खोटाङ, १० भदौ (रासस) मन लोभ्याउने गन्तव्य भएपनि प्रचारप्रसार नहुँदा पर्यटकीयस्थल कपासेभञ्ज्याङमा बाह्य पर्यटकको आवागमन प्रायः शून्य बनेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र भोजपुरको टेम्के मैयुङ गाउँपालिका–९ लेखर्कको सिमानामा पर्ने कपासेभञ्ज्याङमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि यसको प्रचारप्रसार हुन नसक्दा बाह्य पर्यटकको आवागमन प्रायः शून्य बनेको हो । पछिल्लो समय पर्यटन प्रवद्र्धनका लागि यहाँ […]

Continue Reading

पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

काठमाडौं, साउन २३ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको पिसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ।आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ। प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई साउन १८ गतेदेखि क्वारेन्टिनमा राखेको हो।कोरोना भाइरसको महामारीका कारण फुटबल प्रशिक्षण गत चैत […]

Continue Reading

अन्योलमा पोखराका पर्यटन व्यवसायी

पोखरा, साउन २३ । सरकारले बन्दाबन्दी खुला गरेसँगै साउन १५ देखि सञ्चालनमा आएका पोखरा लेकसाइडका होटल व्यवसायीमा यतिबेला अन्योल छाएको छ ।पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा र सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा व्यवसायीमा थप अन्योलता छाएको हो । यहाँको पर्यटन व्यवसायी मात्र होइन, सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटल […]

Continue Reading

दुई वर्षअघि पारसले दिलाएको त्यो खुसी

दुई वर्षअघि आजकै दिन नेपालले नेदरल्याण्डससँग पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेल खेल्दै थियो।पहिलो खेलमा पराजित भएपछि नेपालले डेब्यू एकदिवसीय खेलमा जित हात पार्ने अवसर गुमाएको थियो।नेदरल्याण्डसमा भएको दोस्रो खेलमा जित हात पारे नेपाललाई पहिलो पटक एकदिवसीय हात पारेर इतिहास बनाउने मौका थियो।टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २१६ रनमै अलआउट […]

Continue Reading

शुरु भो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार

काठमाडौँ, साउन १६ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने […]

Continue Reading

‘प्रदेश सरकारका योजनाहरु प्रभावकारी र नतिजामुखी छन्’

वाग्मती, १४ साउन (रासस) : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताउनुभएको छ ।उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजना अनुरुप नै कार्य सञ्चालन भएको पाइएको भन्दै खुशी व्यक्त गर्नुभयो । प्रदेश प्रमुख विष्णु […]

Continue Reading

साहसिक पर्यटन आकर्षित गर्दै द क्लिफ

पछिल्लो समय नेपाली युवाहरूमा साहसिक पर्यटनप्रतिको क्रेज ह्वात्तै बढेको छ।बन्जी, प्याराग्लाइडिङ, र्‍याफ्टिङ र जीपलाइनको सञ्जाल देशव्यापी फैलिएको छ। यससँगै साहसी पर्यटन प्रेमीलाई लक्षित गर्दै परम्परागत रूपमा खेलिने पिङलाई परिमार्जित गरी विभिन्न ठाउँमा अनौठा-अनौठा पिङ बनाउने होड नै चलेको छ।कुश्मा बजारको एक रेस्टुरेन्टले पिङ बनाएर चर्चा कमाएपछि गोरखा बजार र धुलिखेल जीपलाइनमा पनि उस्तै खाले पिङ […]

Continue Reading

एनसेलद्वारा एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७ प्रदान

काठमाडौं, १३ साउन । एनसेल प्राईभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्दै आएको छ ।कोरोनाभाइरस रोगको महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द […]

Continue Reading

अधिक रक्तस्राव भएपछि सुत्केरीको उद्धार

खोटाङ, साउन ११ । अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी हुनुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।बर्थिङ सेन्टर (प्रसूति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिनुभएकी वडा नं ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ […]

Continue Reading

रोनाल्डो पहिलो अर्बपति फुटबलर

एजेन्सी  लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन […]

Continue Reading